Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

सार्वजनिक यातायातको भाडा घटाइँदै


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ । यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले भाडादर आज सार्वजनिक गरिने जानकारी दिए।

महानिर्देशक घिमिरेले कार्यालय समय खुल्नेवित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। उनले काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको बताए ।

सरकारले शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले भाडा समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।

सरकारले हिजो पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ। सरकारले घटाएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!