Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

स्थानीय निर्वाचनमा माओवादीले १७०/१७५ र एमालेले १६०/१७० पालिका जित्ला भन्ने थियो : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन्। मतपरिणाम घोषणा भएका ७५२ पालिकामध्ये माओवादी केन्द्रले १२२ पालिकाको नेतृत्व जितेको छ।

‘हामीले कम्तिमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि राम्रोसँग मिहेनत गर्दा १७०/१७५ सम्म हाम्रो आउँछ।एमालेको पनि १६०/१७० तिर झर्छ र हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छौं भन्ने आंकलन गरेका थियौं’, बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले भने।

प्रचण्डले परिणाम आफूहरूले आंकलन गरेकोभन्दा केही कम भए पनि अरुका लागि चाहिँ बढी भएको बताए। उनले माओवादीले यति पालिका जित्ला भनेर अरुले नसोचेको बताए।

‘धेरै दस्तावेज मैले हेरेको छु। ठूल्ठूला अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको मूल्यांकनमा हाम्रो ३० भन्दा बढी आउँदैन, देशभरमा गरेर ३० वटा पालिकासम्म माओवादीले ल्याउन सक्छ भनेर गरेका आंकलन, प्रक्षेपण र भित्रभित्रै त्यही अनुसार गरिएका प्रचारहरु मैले नजिकबाट देखेँ। त्यसरी हेर्दा १२२ भनेको धेरै हो’, उनले भने।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!