Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग


स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो ।

अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित् भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतपरिणाम प्राप्त भई विजयी उम्मेदवारले प्रमाणपत्र पाइसकेपछि उपराष्ट्रपतिको उम्मेदवारको योग्यता आयोगले निर्णय गर्ने क्रममा उक्त मागपत्र सहयोगी हुने बताउनुभयो ।

उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!