Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

विप्लव नेतृत्वको नेकपाका चार नेताले छाडे पार्टी


काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यसहित चारजनाले पार्टी छाडेका छन्।

ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीबाट राजीनामा दिएको बताएका हुन् ।

पुन पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज हुन्। यस्तै खड्का सेती ब्युरो इन्चार्ज छन्।

धामी महाकाली इन्चार्ज थिए भने परियार दार्चुला र कञ्चनपुर इन्चार्ज हुन्।

चारजनाले टुटफुट र विभाजनबाट नभई एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरेका छन्।

अहिलेसम्म कुन पार्टीमा जाने भन्ने उनीहरुले खुलाएका छैनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना माओवादी एकै ठाउँ हुने दिन आएको बताएको केही दिनपछि विप्लवबाट केही नेताले राजीनामा दिएको चर्चा छ ।

त्यसो त गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए।

नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए।

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताएका थिए।

नेकपा बहुमतको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने योजना अघि सारेका थिए।

विप्लव पार्टीबाट प्रभावशाली जिल्ला इन्चार्जहरुले राजीनामा दिएपछि उनीहरु माओवादी केन्द्र प्रवेश गर्ने चर्चा पनि छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!