Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

बाल एलर्जी तथा दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न


काठमाडौं । पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’को आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी तथा दमसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन तथा वोर्कसप काठमाडौंमा सम्पन्न भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा सम्मेलन सम्पन्न भएको हो।

एलर्जी सम्बन्धि समस्या ब्यपक रहेको र जनचेतनाको कमिले रोगको सही उपचार हुन नसकिरहेको वास्तबिक्ता प्याइप्सनका अध्यक्ष डा.महेशकुमार गौतमले बताए । एलर्जी सम्बन्धी रोगहरुले गर्दा मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ, मानिसको ज्यान नै जान सक्छ भन्ने जनचेतना सर्वसाधारणमा मात्र नभै स्वास्थ्यकर्मीहरुमा पनि न्युन भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले सहि उपचार सेवा प्राप्त गर्न पाऊन भन्ने उद्देश्यले एलर्जी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको डा.गौतमले बताए ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो, मेडिकल सुपरिटेन्डेन्ट डा.जयचन्द्र बज्राचार्य, नाक, कान, घाँटी रोग विभागका प्रमुख डा.तोरण केसी, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भौतिक रुपमा र अनलाइन दुबै रुपमा सञ्चालन भएको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल पेडियाट्रिक एसोसिएसन अफ नेपालका अध्यक्ष डा.गणेश कुमार राई, सोसाइटी अफ डर्माटोलोजी एण्ड भेनेरेलोजिष्ट अफ नेपालकी अध्यक्ष प्रा.डा सविना भट्टराई, तथा अन्य धेरै विज्ञ डाक्टरहरुको उपस्थिति रहेको थियो ।

संघका सचिव तथा आँखा रोग विशेषज्ञ डा.तेज्सु सिंह मल्लले कार्यक्रम प्रभावकारी र जानकारीमूलक भएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने जानकारी दिए। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रेडियन्स अवेयरनेस पार्टनरको रुपमा रहेको थियो।

सम्मेलन सचिव नाक कान घाँटी रोग विशेषज्ञ डा.चन्दन वरन्वालले कार्यक्रम सफल बनऊन सहयोग गर्ने सबैलै धन्यबाद दिए। प्याइप्सनले एलर्जी सम्बन्धि जनचेतना अभिमुखि कार्यक्रम मात्र गर्ने नभै एलर्जी रोग हरुको उचित उपचारमा सहयोग गरि नेपाल बाहिर गएर उपचार गर्नु पर्ने बाध्येतामा कमी हुने विश्वस ब्यक्त गरे ।


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!