Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रवि लामिछानेप्रति शंकर पोखरेलको टिप्पणी : चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पेशा र व्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले राजनीतिमा योग्य हुन राजनीतिमै समर्पित हुनुपर्ने बताएका छन् । ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’ महासचिव पोखरेलले लेखेका छन् ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

महासचिव पोखरेलको उक्त टिप्पणी पूर्वपत्रकार रवि लामिछानेप्रति संकेत गरेको देखिन्छ । मंगलबार मात्रै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । लामिछानेको टिभि कार्यक्रम सिधा कुरा चर्चित थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!