Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

सन्दीप लामिछाने विदेशमा जान पाउने \नपाउने भन्नेबारे आजै आदेश आउने


नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने खेल खेल्न विदेश जान पाउने नपाउने बारेमा आजै आदेश आउने भएको छ। सर्वोच्च अदालतमा सन्दीपको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिएका कारण आजै फैसला आउने जनाइएको छ।

सर्वोच्च अदालतमा सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको अन्तिम सुनुवाइको आजै आदेश आउने भएको छ। आज सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए। सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहायक महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए।

सर्वोच्च अदालतको बन्द इजलासमा भएको सुनवाइ पछि क्रिकेटर सन्दीप विदेश जान पाउने कि नपाउने फैसला हुने निर्णय हुनेछ।एक नाबालिग माथि बलात्कार गरेको आरोप पछि फरार रहेका सन्दीपले गत असोज २० मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो। सो आदेशका विरुद्ध क्रिकेटर सन्दीप सर्वोच्च गएका हुन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!