Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

राजनीतिक खचपच नभएको भए लिपुलेक–लिम्पियाधुरा अहिलेसम्म नेपालको भइसक्थ्यो: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राजनीतिक खचपच (सरकार परिवर्तन) नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने दाबी गरेका छन्। आफूले प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको ओलीले सुनाए।

पूर्वराजदूतहरुको समूहले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले ओलीले कुनै देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याइ नभएको पनि टिप्पणी गरे। लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएकाले त्यो चाहियो भन्नु अर्घेल्याइ नभएको ओलीको भनाइ छ।

कालापानी क्षेत्रमा हाल भारतीय फौज भएकाले नेपाल त्यहाँ प्रवेश गर्न नपाएको ओलीले उल्लेख गरे। ‘हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो,’ ओलीले भने, ‘त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो। र, ६० वर्षदेखि त्यहाँ छ। कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं। यो बिल्कुल यथार्थ हो।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!