Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

युक्रेनमा लडाइँ छ भन्दैमा पेट्रोलको भाउ बढाउन पाइँदैन : माधव नेपाल


काठमाडौं । सत्ता गठन्धनका नेता माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोध गरेका छन् । युक्रेनको युद्ध वा अन्तर्राष्ट्रिय कारण देखाएर मूल्यवृद्धि गर्न नपाइने नेता नेपालको भनाइ छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि मूल्यवृद्धिबारे कुराकानी भएको नेता नेपालले जानकारी दिए । नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले भने, हामीले प्रधानमन्त्रीलाई यसबारे कुरा गर्यौं । आजै पनि तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आइसकेपछि हामीले भन्यौं कि यो पेट्रोल डिजेलको भाउ बढाउँदाखेरि जनतालाई पर्ने मार राज्यले कतिसम्म व्यहोर्न सक्छ ?’

पूर्वप्रधानमन्त्री नेपालले सरकारी निर्णयको आलोचना गर्दै भने, ‘जनता मूल्यवृद्धिको चपेटामा परेका छन् । अन्तराष्ट्रिय समस्या होला, युक्रेनको युद्धले गर्दा समस्या खडा भएको होला, तर, गैरजिम्मेवार ढंगले भाऊ बढाउँदै जाने कुरा किमार्थ मिल्दैन ।’

तेलको भाउ बढाउनुभन्दा परिस्थितिको मूल्यांकन गरेर जनताको पीरमर्कलाई सम्वोधन गर्नुपर्ने नेपालको सुझाव छ । उनी भन्छन्, ‘छिमेकी देशहरुमा तेलको भाऊ के छ ? हाम्रो देशमा तेलको भाऊ के छ ? सामानको भाऊ के छ ? यी सबै कुराहरुको अध्ययन गरेर मारमा परेका जनतालाई राहत दिनका लागि के कदम चाल्न सकिन्छ ? राज्यले जनताको पीर मर्कालाई सम्वोधन गर्नुपर्ने आवश्यकता छ ।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!