Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन्।

पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

उनीहरुले उजुरीमा केही समययता डोटीका सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको अडियोसहितको समाचार आइरहेको बताएका छन्।

सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द मात्रै प्रयोग गर्दै ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको छ।

त्यसपछि पनि उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरुलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको निवेदनमा उल्लेख छ।

विवादबीच असार ३ गते शुक्रबार सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरुमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको समेत जानकारी आएको उनीहरुले जनाएका छन्।

त्यस्तै अध्यक्ष अधिकारीलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लील शब्द प्रयोग गरिएको भेटिएको निवेदनमा उल्लेख छ।

‘सांसदको आचारसंहिताको बिषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधीसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकुलको व्यवहार गर्ने उल्लेख छ’, निवेदनमा भनिएको छ, ‘यस्तै त्यही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ। यसरी नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन। यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिवाटै निर्लज्ज प्रहार भएको छ।’

उनीहरुले जनप्रतिनिधिहरु सामाजिक तथा सांस्कतिक मूल्य मान्यता र जिम्मेवारीबाट समेत बिमुख भएको महशुस भएको जनाएका छन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!