Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
Nepal Gyan

प्रधानमन्त्री बैठकमा उपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन : भीम रावल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सहित अमेरिका भ्रमणका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाउन निर्देशन दिएको थियो।

तर देउवा आइतबारको बैठकमा उपस्थित भएनन्। प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि खेद प्रस्तावको माग गरिएको छ।

बैठकमा एमाले सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताएका थिए।

संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलको भनाइ थियो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ठगीको अभियोगमा दुई पक्राउ

ठगीको अभियोगमा दुई पक्राउ

२५ कार्तिक २०८१, आईतवार ०६:२९
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!