Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सांसद प्रेम सुवालको दाबी: एमसीसी पारित गरेका कारण नेपालमा महंगी बढ्यो


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसद्‌बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन्।

सांसद सुवालले सो सम्झौता संसद्‌बाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकिर गरे। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे।

सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाइ मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उनको भनाइ थियो। सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै सुवालले आक्रोश व्यक्त गरे।

सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत: असफल भएको पनि बताए।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!