Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सांसद विन्दा पाण्डेको प्रश्न– नागरिकता विधेयक कहिले पारित हुन्छ?


काठमाडौं । नेकपा एमाले संसद विन्दा पाण्डेले संसदमा विचराधीन रहेको नागरिकता विधेयक छिटो पास हुनुपर्ने बताएकी छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले नागरिकताविहीन नागरिकले छिटो पास भएको सुन्न चाहेको बताएकी हुन्।

उनले उक्त विधेयक कहिले पारित हुन्छ? भन्दै सरकारलाई प्रश्न समेत गरेकी छन्। उनले भनिन्, ‘नागरिकताविहीन नागरिकहरू नागरिकता सम्बन्धी विधेयक पारित भयो भन्ने समाचारको प्रतिक्षामा छन्। राज्य व्यवस्था तथा शुसासन समितिबाट पारित भएर आएको उक्त विधेयक २ वर्षदेखि संसद्मा छ। सदनबाट कहिले पारित हुन्छ?’

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो। सो विधेयक साउन २८ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। २९ गते सामान्य छलफल भई २०७५ भदौ ५ गते राज्य व्यवस्था समितिमा पुगेको थियो।

अनेक छलफलपछि (दलहरुका आन्तरिक बैठकमा समेत) २०७७ असार ७ गते समितिले बहुमतबाट विधेयक प्रतिवेदन पारित भयो। र, ९ गते संसद्को पूर्ण बैठकमा प्रतिवेदन पेस भयो।

तर, त्यसलाई सदनबाट पारित गर्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको दोस्रो दिन अर्थात् २०७८ जेठ ९ गते नागरिकता अध्यादेश जारी गरे। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!