Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चुनावमा टोल–टोलमा मतपत्र पुर्‍याउन सकिन्छ, विद्यार्थीलाई किताब किन दिन सक्दैनौं: सांसद चौधरी


काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले चुनावमा टोल टोलमा मतपत्र पुर्‍याउन सकिने, तर विद्यार्थीलाई किताब पुर्‍याउन किन सक्दैनौं? भन्दै प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै उनले विद्यार्थीलाई किताब पुर्‍याउन किन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

‘समय अनलाइनबाट पढाइ हुने आइसकेको छ। तर, हामी विद्यार्थीहरुलाई किताब उपलब्ध गराउन सकिरहेका छैनौं,’ उनले भनिन्, ‘चुनावमा टोल टोलमा हामी मतपत्र पुर्‍याउन सक्ने, पत्रिका घरघरसम्म पुर्‍याउन सकिने, तर नियमित कार्यक्रम विद्यार्थीलाई किताब पुर्‍याउन सकेनौं।’

उनले ‘राज्यको प्राथमिकतामा विद्यालय किन परेन?’ भन्दै प्रश्न समेत गरिन्। ‘हामीले जुन विद्यालयमा भविष्य देख्न सक्दैनौं। जनताका छोराछोरीलाई जान कसरी भन्ने? विद्यालय कजेल राजनीतिक थलो बनेको छ। त्रिविमा तालाबन्दी भएको कतिभयो, यो हरिबिजोगको अन्त्य कहिले हुन्छ?’ उनले भनिन्।

सेवा सुविधाको हिसाबले हेर्ने हो भने नीजि विद्यालय भन्दा दोब्बर सुविधा सामुदायिक विद्यालयमा रहेको भन्दै उनले जिम्मेवारी र दायित्वमा पछाडि परिएको बताइन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!