Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

शून्य समयमा सांसदहरूको प्रश्न– सरकार मल खै?


काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले मल अभावका विषयमा सरकारसँग प्रश्न गरेका छन्। किसानहरुले बाली लगाउने समयमा सरकारले किन मल उपलब्ध गराउन नसकेको हो त्यसबारे संसद्‌मा जवाफ दिन उनीहरुले माग गरे।

सांसद लक्ष्मीकुमारी चौधरीले किसानहरुको रोपाईंको दिन आइसक्दा पनि किन मल उपलब्ध भएन भनी प्रश्न गरिन्। उनले टोल–टोलमा मतपत्र घर घरमा पुर्‍याउन सक्ने अनि किताब किन पुर्‍याउन नसकेको भन्दै प्राथमिकता के हो भनी प्रश्न गरिन्।

त्यस्तै, सांसद लक्ष्मी परियारले बिहानीले दिनको संकेत गर्ने भनिएपनि अहिले किसानको बिहानी सुखद् नभएको टिप्पणी गरिन्। किसानका लागि पेन्सनको कुरा नीति तथा कार्यक्रम र बजेटमा गरेको तर, मुरी उब्जाउने समयमा बिउ र मल नभएको बताइन्। उनले कृषि मन्त्रीसँग बिउ र मल उपलब्ध गराउन माग गरिन्।

सांसद बिनादेवि बुढाथोकीले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा कृषिलाई प्रमुखमा राख्ने तर, अहिलेपनि मल नपाउने समस्या उस्तै रहेको बताइन्। उनले यो समस्या किन समाधान हुँदैन भनी प्रश्न गरिन्। त्यस्तै तराईमा किसानहरुले भारतबाट मल ल्याउँदा खोसेर किन दु:ख दिइएको भन्दै प्रश्न गरिन्।

सांसद लालप्रसाद साँवा लिम्बूले नागरिकता विधेयक तत्काल अघि बढाउन माग गरे। सांसद विन्दा पाण्डेले नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पारित भएर आएको लामो समय भएपनि किन नभएको भनी प्रश्न गरिन्।

सांसद सरिताकुमारी गिरीले पनि किसानले मल कहिलेसम्म पाउने भनी प्रश्न गरिन्। अहिले धमाधम रोपाईं चलिरहेको समयमा कतैपनि मल नभएकाले किसान समस्यामा परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

सभामुखको रुलिङ
सभामुख अग्नि सापकोटाले सरकारलाई मलका विषयमा रुलिङ गरेका छन्। किसानहरुले मल नपाएको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले रुलिङ गरेका हुन्।

सभामुख सापकोटाले शून्य समयमा सांसदहरुले उठाएको विषय आफूले गम्भीर रुपमा लिएको भन्दै कृषिमन्त्री र सरकारको ध्यानाकर्षण गराए।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!