Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

वाम एकता हुने कुनै सम्भावना छैन : एमाले अध्यक्ष ओली


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले विचार र सिद्धान्त नै नभएका दलहरूबीच वाम गठबन्धन भन्नुको अर्थ नहुने जानकारी दिए।

उनले एमाले र एकीकृत समाजवादीसँग मिल्ने सम्भावना नभएको पनि बताए।

‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाइएको छैन, उहाँहरु आउन सक्नुहुन्छ,’ उनले भने, ‘हिजो फुटेका पार्टीका नामका व्यक्तिहरू आज आएर मिल्न सक्ने अवस्था छैन।’

उनले आफूले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्ने हो भने आगामी मङ्सिरमा तोकिने निर्वाचन मितिलाई पनि प्रतिगमन भन्न सक्नु पर्ने बताए।

अध्यक्ष ओलीले एमाले दोस्रो पार्टी भएकोलाई सामान्य रूपमा लिएका छन्।

‘६ दल एकातिर एमाले एकातिर हुँदा पनि दोस्रो भएको छ,’ उनले भने, ‘अहिले पनि एमाले पपुलर भोटमा अगाडि नै छ। आगामी निर्वाचनमा एमालेलाई नागरिकले अत्यधिक मतका साथ जिताउने छन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!