Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा फोहोर संकटकालको स्थिति उत्पन्न भइसक्यो: भीम रावल


काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।

फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले नगरपालिकाको टाउकोमा हालेर आनन्दले बस्न मिल्छ? भन्दै उनले प्रश्न गरे। ‘आम जनताको स्वास्थ्य गम्भीर संकटमा परिरहेको छ। अनि यो व्यवस्थापन गर्न नसक्ने सरकारले म कृषिमा आत्मनिर्भर हुन्छु भनेको पत्याइन्छ? यस्ता गफहरुले हुन्छ?’, उनको प्रश्न छ।

रावलले सबैभन्दा पहिले काठमाडौंको फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘जनताको स्वास्थ्य यति गम्भीर हुँदा चुप लागेर बस्ने अनि अर्थतन्त्रमा ठूल्‌ठूला काम गरेर चमत्कार गर्छौँ भन्ने? यो त जनतालाई सरासर भ्रममा राख्ने एक प्रकारको निरर्थक अभ्यास भएन र?’, उनले भने।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!