Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

ट्राफिक जाम घटाउन स्कुल र कार्यालय समय फरक फरक बनाऔं : प्रकाशमान सिंह


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा ट्राफिक जाम धेरै बढेकाले यसको व्यवस्थापनमा जोड दिनु पर्ने बताएका छन्।

त्यसका लागि विद्यालय र सरकारी कार्यायल सञ्चालनको समय फरक फरक बनाउनु पर्ने उनको भनाइ छ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले यसो गर्न सकियो भने जाममा केही कमी आउने बताउँदै त्यसका लागि सरकारको ध्यानाकर्षण गराए।

‘काठमाडौंको ट्राफिकको कारणले एक ठाउँबाट अर्को ठाउँमा जान समय धेरै लाग्छ,’ उनले भने, ‘स्कुल जाने टाइम र अफिस सञ्चालन गर्ने टाइम फरक गरेर यो ट्राफिक जाममा केही फरक आउँछ कि त्यता तिर पनि सोचौँ।’


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!