Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त


चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उहाँले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ।

मध्य नेपालको पर्यटकीय शहर पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।
दुर्घटनाग्रस्त विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स नेपाली सेनाले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । दुर्घटनास्थलबाट हालसम्म ६९ जनाको शव निकालिएको छ । दुई इन्जिन भएको एटीआर ७२ विमान हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि दुर्घटना भएको थियो ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!