Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

लोकप्रिय कार्यक्रमसहित साढे १७ खर्बमाथिको बजेट आउँदै


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि चुनाव केन्द्रित बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्रालयले १७ खर्ब ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेकोमा अन्तिम समयमा बजेटको आकार भने गतवर्षको तुलनामा करिब १० प्रतिशतले बढेको अर्थ स्रोतले जनाएको छ ।

गत आर्थिक वर्षमा अध्यादेशमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको बजेटले प्रतिस्थापन गरेका थिए ।

१६ खर्ब ३२ अर्बको तुलनामा सरकारले करिब डेढ खर्ब रुपैयाँ बजेटको आकार बढाएर विनियोजन गरेको छ । एक आर्थिक वर्षमा १० प्रतिशत बजेटको आकार बढ्नु सामान्य मानिएता पनि खर्चको हिसाबले भने यो ३० प्रतिशत माथिको हो ।

चालु वर्षमा अधिकतम १२ खर्ब रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएकोमा आगामी आर्थिक वर्षमा भने १७ खर्ब ७० अर्ब हाराहीको बजेट ल्याउने तयारी गरिएको छ ।

नयाँ बजेटमा कर्मचारीको तलब वृद्धि र वृद्धभत्ता दिने उमेर घटाउनुका साथै सामाजिक सुरक्षाका अन्य कार्यक्रम र निर्वाचनको लागि विनियोजन गरिएको बजेटको कारण मात्रै १ खर्ब बढीको दायित्व थपिने छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता ६८ वर्ष उमेरमा दिने र कर्मचारीको तलब वृद्धि हुनेछ । अन्य सामाजिक सुरक्षाका कार्यक्रम पनि विस्तार गरिने छ ।

देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारले ल्याउन थालेको यो पहिलो बजेट हो । मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन थालेकोमा निर्वाचन आयाेग र अन्य निकायलाई गरी करिब २२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।

सामाजिक सुरक्षाका कार्यक्रम र निर्वाचन केन्द्रित कार्यक्रमको लागि मात्रै सवा खर्ब रुपैयाँ बजेट बढ्नेछ । स्रोतका अनुसार युवा केन्द्रित केही नयाँ कार्यक्रमको आरम्भ गरिएको छ । त्यस्तै प्रदेश र स्थानीय तहमा जाने अनुदाको हिस्सा बढाइएको छ । मन्त्रालयगत बजेटमा चालु वर्षमा भौतिक पूर्वधार तथा यातायात, ऊर्जा क्षेत्रमा बजेट उल्लेख्य बढाइएको छ भने स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रमा गत वर्षको भन्दा बजेट घटेको जनाइएको छ । दिउँसाे ४ बजे बजेट भाषण सुरु हुनेछ ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!