Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेका
छन् ।

गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिनुभयो । सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताउनुभयो ।

“गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ”, उहाँले भन्नुभयो । स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताउनुभयोे । पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!