Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
Nepal Gyan

लेतेमाथिको टिटी डाँडामा ठूलो आवाज आएको भन्ने जानकारीमा आएको छ : म्याग्दी प्रहरी


काठमाडौं  । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान अहिलेसम्म फेला पर्न सकेको छैन।

यद्यपि मुस्ताङको लेतेमाथिको टिटी भन्ने डाँडा ठूलो आवाज आएको भनेर स्थानीयबाट जानकारी आएको म्याग्दी प्रहरीले जानकारी दिएको छ। म्याग्दीका प्रहरी प्रमुख तथा डीएसपी तिलक भारतीले भने, ‘अहिले लेतेमाथिको टिटी भन्ने डाँडामा दुर्घटना भयो भन्न मिल्दैन। तर, स्थानीयले ठूलो आवाज आएको भनेर जानकारी गराएका छन्’ भारतीले नेपाल लाइभसँग भने।

उनका अनुसार उक्त डाँडाम पुग्न ८/१० घण्टा पैदल हिँड्नुपर्ने हुन्छ। आइतबार बिहान ९ बजेर ५५ मिनेट पोखराबाट मुस्ताङका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा २ जमर्न नागरिक, चार भारतीय, १३ नेपाली यात्रुसहित चालक दलका तीन सदस्य रहेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!