Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत


नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो ।

यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ ।

सो अवसरमा उहाँले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गर्नुभयो ।

साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गर्नुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!