Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

थारु कलासंस्कृतिको संरक्षणमा नयाँपुस्ताको आकर्षण


थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँपुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँपुस्ताको अग्रसरता बढ्दै गएको हो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिका सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी १५ वर्षीया अनिता चौधरी बताउनुहुन्छ । कक्षा ११ मा अध्ययनरत अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ ।

“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिकरुपमा केही आम्दानीसमेत हुने गरेको छ ।”

अनिता जस्तै घोराही–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहना लगाउनदेखि नाच्न लजाउने सुस्मीता पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको उहाँ बताउनुहुन्छ । सुस्मीताले थारुको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सखिया नाच नाच्नसमेत सिक्नुभएको छ ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो, जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उहाँले भन्नुभयो, “तर अहिले सहज जस्तो लाग्छ, आफ्नो जातिगत वेषभुषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै उहाँलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लेहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिनसमेत मन लाग्ने गरेको छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उहाँको भनाइ छ ।

थारुबस्ती बाक्लो भएको गाउँबाट पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा नयाँपुस्ता खटिने गर्छन् । पछिल्लो समय योक्रम झनै बढेको थारु अगुवा चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवापुस्ताको अग्रसरताले वेषभूषा तथा संस्कृति संरक्षणमा सहयोग पु¥याउने उहाँ बताउनुहुन्छ । “थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भन्नुभयो, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!