Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्नेछु : मेयर शाह


काठमाडौं  । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्।

शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए।

शाहले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महानगरबासीलाई धन्यवाद दिए। उनले पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक अन्यत्र समय नदिने र आफ्नो पूर्ण क्षमतालाई काठमाडौं महानगरबासीका लागि प्रयोग गर्ने बताए।

‘यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, देशकै उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछु’, शाहले भने।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरे। उनकी प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।

काठमाडौं महानगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भइन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!