Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

ओलीको आलोचना गर्ने चरण सकियो, अब काम गर्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले तिनै तहका सरकार कांग्रेसको जिम्मामा आइपुगेकाले काम गरेरै देखाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘स्थानीय तहमा हामीले झन्डै-झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौं। प्रदेशको सरकार चलाएका छौं। अब आलोचना गर्ने चरण सकियो। हाम्रो बारेमा कुरा गर्नुपर्छ। अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा कुरा गर्नुपर्थ्यो। आलोचना गर्नुपर्थ्यो।’

उनले दलहरु आफ्ना अजेन्डाअनुसार निर्वाचनमा गएर जनताले त्यसको उत्तर दिइसकेकाले पहिलेका कुरा उठाउन जरुरी नभएको बताए। यो निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेको बताउँदै उनले सिट मात्रै नभइ मतदाताको संख्या समेत बढेको उल्लेख गरे।

उनले भने, ‘ हामी जुन लोप्रिय मत भन्छौं, त्यो बढेको छ। मतदाताको संख्या बढेको छ। कहिलेकाहिँ सिट बढेपनि लोकप्रियता नबढ्न सक्छ। तर यसपल्ट बढेको छ।’

उनले अब आमचुनावको तयारी गर्न कांग्रेस लागि पर्नुपर्ने उल्लेख गर्दै यही ४/५ महिनाको बीचमा आगामी ५ वर्ष सरकार चलाउने जिम्मा कांग्रेसले पाउँदा राम्रो गरेर देखाउने कुरामा आश्वस्त पार्नुपर्ने समेत बताए।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!