Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

फुटबल सम्राट पेलेको निधन


तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उहाँको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेख्नुभएको छ ।

उहाँको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई नै रूपान्तरण गर्नुभएको थियो ।

ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताउनुभएको छ । फ्रान्सका केलियन एमबाप्पेले उहाँको विरासतलाई ’कहिल्यै नबिर्सने’ बताउनुुभएको छ ।े पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उहाँलाई ’लाखौंका लागि प्रेरणा’ भन्नुभएको छ ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उहाँको आत्मको शान्तिका लागि प्रार्थना गर्नुभएको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उहाँको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताउनुभएको थियो ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ ।

उहाँ तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी हुनसहुन्थ्यो ।

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उहाँले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिनुभएको थियो ।

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उहाँले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगत्मा अमर रहनुहुनेछ ।


क्याटेगोरी : खेलकूद, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!