Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

काठमाडौं महानगरमा २२ हजार मत गन्न बाँकी, पहिलो नम्बरमा रहेका बालेनले कति पाए?


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्।

उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतले अगाडि छन्।

बालेनले ५४ हजार ७१८ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन्।

यस्तै, एमालेका केशव स्थापित ३३ हजार ९७५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत प्राप्त गरेका छन्। अब २२ हजार ५६४ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!