Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

ताइवानको आकाशमा दर्जनौँ चिनियाँ लडाकु विमान


बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामथ्र्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामथ्र्य प्रदर्शन गरेको अनुमान गरिएको छ ।

चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । चीनले आइतबार र सोमबार लडाकु तथा फाइटर विमान र ड्रोन पठाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निगरानी गरिरहेको बताएको छ ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!