Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण


बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।

उहाँले पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपाललिकाको सभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताउनुभयो । “स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो । पलिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीतबहादुर शाह सहितको समूहले करिब दुई महिना छलफल गरेर पाठ्यक्रम निर्धारण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले जानकारी दिनुभयो ।

पाठ्यक्रमको एक एकाइमा जानकीको परिचय, दुईमा हाम्रो संस्कृति र सम्पदा, तीनमा हाम्रो पेसा–व्यवसाय र प्रविधि, चारमा खुसीका लागि शिक्षा तथा जीवनपयोगी सीप, पाँचमा हामो पर्यावरण र हरित विद्यालय एवं छमा सामाजिक चुनौती र विपद व्यवस्थापनको विषयको सूची रहेको छ । उहाँका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागू गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ ।

सिकाइ सीप क्षमतावृद्धि गर्न पढाइ मेला

जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरिय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताउनुभयो । उहाँले गुणस्तरिय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्याइने जनाउनुभयो ।

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठनपाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताउनुभयो ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!