Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

महानगरले भत्कायो धोबीखोला करिडोर क्षेत्रका अवैध संरचना


काठमाडौं महानगरपालीकाले काठमाडौंको धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काएको छ ।

बुधबार प्राविधिक र डोजर सहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचनाहरु भत्काएको हो । सो क्रममा करिडोरको सडक नजिकै रहेका घर र टहरालाई हटाइएको छ ।

महानगरको टोली पुगेपछि केहिले सामानहरु बाहिर निकालेका थिए भने केहिले विना सूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रावधिकको रायको आधारमा सार्वजनिक स्थान मिचेर बनाइएको संरचना हटाइएको बताए।

उहाले धोविखोला करिडोर लगाएत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमश हटाउदै जाने जानकारी दिए ।

अनधिकृत संरचना हटाउन पटक पटक सूचना जारी गरेपनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!