Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

मलेसिया बाढी : ५६ हजार बढी विस्थापित


मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् ।

केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!