Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

विश्वकप जितेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले भने ‘एमबाप्पेका लागि एक मिनेट मौनधारण’


अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले आइतवार फिफा विश्वकपको फाइनल जितेर ड्रेसिङ रुममा खुसी मनाउँदै एमबाप्पेका लागि एक मिनेट मौनधारण गर्ने कुरा गरेका छन् ।

फ्रान्सका २३ वर्षीय खेलाडी एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट पनि जितेका थिए । खेल सकिएपछि अर्जेन्टिनाका गोलकिपरले आफ्ना सहकर्मीलाई एमबाप्पेका लागि एक मिनेट मौन धारण गर्न भनेका थिए ।

पूरै खेलमा एमबाप्पेले मार्टिनेजलाई चकित पारे र बल चार पटक गोलपोस्टमा हाने। आइतवार विश्वकपको रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!