Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव


न्युयोर्क  । युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे । युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ ।

उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण लडाइँ भइरहेको छ । रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेकाे छ ।

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका स्थानीय गभर्नर सेर्ही हाइडाईले बताए । उनले भने कि युक्रेनी सेनाले फ्रन्टलाइनमा ११ वटा आक्रमणलाई बिफल पारिदिएको उनले बताए । तर, सो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!