Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

साढे दुई करोडमा ड्रागन फ्रुट खेती, ढेडवर्षमै फल दिन सुरु


त्रिशूली, २९ मंसिर ,

नुवाकोटको पञ्चकन्या गाँउपालिका–१ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीमा लगाएको ड्रागन फ्रुटको अठार महिनामा नै फल उत्पादन सुरु गरेको छ । नेपाल प्रहरीमा सेवा पुराएर अवकास प्राप्त जीवन बिताउदै आउनुभएका स्थानीय कुमार थापाले ४८ रोपनी जग्गामा लगाएको ड्रागन फ्रुटले लगाएको ढेडवर्षको अवधिमा नै उत्पादन लिन सुरु गर्नुभएको हो । करीब रु.दुई करोड पचास लाख लगानीमा लगाएको बाह्रहजार बिरुवा मध्ये पहिलो चरणमा रोपिएका बिरुवामा फल लाग्न थालेसगैँ नुवाकोटदेखि काठमाडौसम्म पुराएर बिक्री गर्न सुरु गरेको किसान कुमार थापाको भनाई छ । फार्ममा नै पुगेर खरिद गर्नेलाई प्रतिकिलो रु. पाचसयमा उपलब्ध हुने भएपनि काठमाडौमा पुराइएको फलबाट प्रतिकिलो रु.आठसयसम्म लिनुभएको छ ।

स्वास्थ्यको लागी निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने चिकित्सकहरुको भनाई छ । यसलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवद्र्धक, औषधिको रुपमा सेवन गरिने भएकाले ग्राहकको रोजाईमा परेको पञ्चकन्या एग्रो टुरिजम प्रालीका सञ्चालक थापाले बताउनुभयो ।

“व्यावसायिक खेती नहुदाँ कम उत्पादन भएकाले कारोबार महङ्गो भएको हो ।” उहाँले भन्नुभयो “परम्परागत खेतीको रुपमा विकास गर्न तथा उत्पादन बढाएर सहज शुल्कमा सबैको पहुँचमा पु¥याउन लाग्नुपर्छ ।”




क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!