Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा


साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुग्नुभएको छ ।

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उहाँको न्यानो स्वागत गरेको थियो । त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!