Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

ब्राजिल बन्यो विश्वकपमा सबै २६ खेलाडी खेलाउने पहिलो टिम


२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच पटकको विजेता ब्राजिल कोरियालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मैदान पठाएका थिए ।

समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!