Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात


१८ मंसिर, काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने विन्दु समेत हो । यस भन्सार विन्दुबाट चार महिनाको अवधिमा ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालमा त्रिभुवन विमानस्थलपछि भैरहवा दोस्रो विमानस्थलमा अवस्थित भन्सार बिन्दु हो । त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!