Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

अपडेट : (राति १ बजेसम्म) कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा


प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गर्नुभएका २९ वर्षे उहाँ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । उहाँ बुबा पूर्वमन्त्री रोमी गौचनले पाउनुभएको टिकटबाट लड्नुभएको थियो ।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुनुहुन्छ ।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको हो । उहाँले १५ हजार २५ मत प्राप्त गर्नुभयो ।
निर्वाचन आयोगका अनुसार आज रात १ बजेसम्म नेपाली कांग्रेस ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभा
मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी हुनुभएको हो ।

मनाङको प्रदेशसभा १मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसक्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छन् । साथै राप्रपा २, नेकपा (एकिकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन् ।—


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!