Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

काठमाडौँ महानगर अपडेट : मेयर/उपमेयरमा कसले कति मत पाए ?


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले २७९६७ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १४७८२ मत पाएका छन् । शाह र स्थापितको मतान्तर १११८५ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४४३९ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर बढीले अग्रता लिएकी छन् ।

हालसम्म डंगोलले २६५७५ मत ल्याएकी छन् । त्यस्तै नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाकी बिनिता मगैयाले ३४४९ मत पाएकी छन् ।

स्वतन्त्रका वेन्जीसिंह महर्जनले २०७१ मत पाएका छन् भने अर्का स्वतन्त्र विद्या श्रेष्ठ महर्जनले १३६५ मत पाएका छन् ।

त्यस्तै विवेकशील साझा पार्टीकी कृति कंसाकरले ७४९ मत पाएकी छन् ।

स्वतन्त्रकी रिकुं श्रेष्ठले १६६ मत, नेमकिपाकी सविता श्रेष्ठले ५३ मत, नेपाल सुशासन पार्टीकी पुष्पा खरेलले ३३ र नेपाली कांग्रेस बीपीकी इन्दिरा अधिकारी थापाले २६ मत पाएकी छन् । मत गणना जारी छ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!