Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

शीर्ष रिपब्लिकनहरूको भेलालाई ट्रम्पले सम्बोधन गर्ने


सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहन्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्दे हुनुहुन्छ।
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लस भेगासमा शुक्रबार शुरु भएको रिपब्लिकन यहूदी गठबन्धनको वार्षिक नेतृत्व बैठकको अतिथि सूचीमा ढिलो थपिएको थियो।
ट्रम्प शनिबार भिडियो मार्फत शीर्ष वक्ताहरूको सूचीमा सामेल हुनुहुनेछ जसमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्व उपराष्ट्रपति माइक पेन्स र पूर्वमन्त्री लगायतको सूची तयार छ । उहाँको मार-ए-लागो घरमा एक घण्टा लामो सम्बोधनपछि आगामी राष्ट्रपतिको दौडका निम्ति उहाँको यो पहिलो सार्वजनिक सम्बोधन हुनेछ ।
त्यो भाषण मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको निराशाजनक प्रदर्शनको एक हप्ता पछि आयोजित हुँदैछ । नेतृत्वद्वारा समर्थित उच्च प्रोफाइल उम्मेद्वारहरूले मतदानमा मुख्यधारमा रहेका रिपब्लिकनहरू भन्दा खराब प्रदर्शन गरेको टिप्पणी भइरहेको छ ।
यद्यपि रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा झिनो बहुमत हासिल गर्न मात्र सफल भएको छ ।
शुक्रबार एक रात्रिभोज उत्सवपछि पोम्पीओले रिपब्लिकनहरूलाई अगाडि बढ्न आग्रह गर्नु भएको थियो।
उहाँले आफ्नो पुरानो नेतृत्वको नाम उल्लेख नगरे पनि गुनासो गर्ने भन्दा पनि काम गर्नुपर्ने आवश्यकताको बारेमा घुमाउँरो पाराले जोड दिनु भएको थियो।
“जब हामी रूढिवादी मुद्दा प्रस्तुत गर्छौं, जब हामी तर्क गर्छौं … हामी त्यसो खुशी र मुस्कानका साथ गर्छौं,” उहाँले भन्नु भयो।
“हामी केवल मेसिनको बिरूद्ध काम गर्दैनौं … हामी केवल फक्स न्यूजमा जादैनौं वा ट्वीटहरू पठाउँदैनौं, हामी वास्तवमा कडा मेहनत गर्छौं।” उहाँले भन्नुभयो ।
रिपब्लिकनको कमजोर चुनावी प्रदर्शनको लागि आफूलाई दोष दिन अस्वीकार गर्ने ट्रम्पले सम्भावित राष्ट्रपतिका प्रतिद्वन्द्वीहरूका बारेमा आफ्नो परम्परागत बम फ्याँक्न शुरु गरिसकक्नु भएको छ । डेसेन्टिसलाई “रोन डिस्यान्टिमोनियस” भनेर डब गर्दै र भर्जिनियाका गभर्नर ग्लेन यंगकिनको नाम “चिनियाँ सुनिन्छ” जस्ता टिप्पणी सार्वजनिक भएका छन् ।
शनिबारको उपस्थिति पनि अमेरिकी न्याय विभागले ट्रम्पमाथिको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र अभियोजकको नाम दिएपछि सार्वजनिक हुनेछ । जसमा उहाँको शीर्ष गोप्य कागजातहरू लुकाउने र जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा भएको भीड आक्रमणमा उहाँको संलग्नता समावेश लगायतका आरोप छन् ।
यस भेलामा इजरायलका प्रधानमन्त्री-निर्वाचित बेन्जामिन नेतान्याहु पनि समाबेश हुनुहुन्छ र भेला आइतबारसम्म चल्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!