Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै


काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् ।

उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् ।

उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा ५ हजार ९३२ मत खसेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!