Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

रियामा जारी हिंसाप्रति राष्ट्रसङ्घीय प्रमुखको चासो


संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गर्नुभएको उहाँका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गर्नुभएको छ । केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ ।

यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् ।उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । उनीहरुलाई अहिले संयुक्त राष्ट्रसंघीय सहायता प्रदान गर्ने गरिएको छ ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!