Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

बुद्धपार्कमा पर्यटकको चहलपहल


सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।

चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट देखिने प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याउने गरेको छ ।

शान्तिको प्रतीक बुद्धलाई डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्ती, जिल्ला सदरमुकाम चौताराको पर्यटकीय बुद्धपार्क प्रकृति र बौद्ध संस्कृतिको ध्वजापताकाले सिङ्गारिएको छ । घना जङ्गलबीच दारेगौँडाको पानी ट्याङ्की डाँडामा हजार सिडी चढेपछि भगवान् गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्कमा पुगिन्छ ।

हरिया पहाड र मौसम खुलेको दिनको नीलो आकासले धेरैको मन लोभ्याउने गरेको छ । २०७८ सालमा निर्माण गरिएको यस पार्कमा अहिले दैनिक सयौँ सङ्ख्यामा अवलोकनकर्ताहरु पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

पर्यटकको चहलपहलसँगै स्थानीय व्यवसायीमा उत्साह थपिएको छ । पार्कको निर्माण भएसँगै पर्यटक लक्षित पूर्वाधारले गति लिएको छ । त्यस्तै चौतारा आउने पर्यटकका लागि यो पार्क छुटाउनै नहुने गन्तव्यका रुपमा विकास गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । बुद्धपार्क र आसपासमा बन्दै गरेका पूर्वाधारले पर्यटकको सङ्ख्या अझै बढ्न सक्ने सापकोटाको अनुमान छ । बुद्धपार्कले छोटो समयमा पर्यटक तान्न थालेको स्थानीय सन्तोष भण्डारी बताउनुहुन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!