Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कार्यालय चलान


काठमाडौं । जिल्ला आदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न दिएपछि उनलाई केन्द्रीय कारागार पठाइएको छ ।

लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । शुक्रबार दुवैपक्षका कानुन व्यवसायीले थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको अदालतको सूचना अधिकारी दीपक दाहाले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सँजाय र अभियुक्तबाट उचित क्षतिपूर्ति भराउन माग दावी गर्दै मुद्दा दायर गरेकाे थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!