Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीतका संरचना हटाउन निर्देशन


पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ ।

मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौताविपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियमबमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कबल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ ।

कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!