थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना निको
१४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै १० वर्ष मुनिका तथा ११ देखि २० वर्ष उमेर समूहका कुनै पनि बालबालिकामा कोरोना संक्रमण देखिएको छैन ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया