Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई


इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिनुभएको छ । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित हुनुभएको छ । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका विचको सम्बन्धलाई थप अगाडि बढाइने बताउनुभएको छ ।

राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताउनुभएको छ । उहाँले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाउनुभएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्न पर्नेमा पनि सो सन्देशमा जोड दिनुभएको छ ।
–––


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!