Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तातोपानी नाकाबाट आयात न्यून, निर्यात शून्य


 चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ ।

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सहजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए। नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!