Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा


काठमाडौँ – सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरूको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो ।

उनीहरूको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरूमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स ९माटोको भाँडा, पछि रेशम खेती० बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरूको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना ग¥यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरूका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरू अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाइ छ ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!